भारतमा तिब्र सङ्क्रमण: अबको अवस्था झनै जटिल हुने - Himal Post Himal Post
  • १२ मंसिर २०८१, बुधबार
  •      Wed Nov 27 2024
Logo

भारतमा तिब्र सङ्क्रमण: अबको अवस्था झनै जटिल हुने



एजेन्सी- कोरोना भाइसबाट छिमेकी मुलक भारतमा मर्नेको संख्या दुई हजार नाघेको छ। शनिबार साँझसम्म पूरै भारतभर दुई हजार ९० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

भारतमा ६१ हजार ३ सयभन्दा बढीमा संक्रमण देखिएको छ। महाराष्ट्रमा मात्र ७ सय ७९ जनाको ज्यान गएको छ। त्यस्तै महाराष्ट्रको मुम्बईमा मात्र ४ सय ८९ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन्। त्यस्तै गुजरातमा ४ सय ७१ जनाको मृत्यु भएको छ।

भारतमा मे महिनामा मात्र एक हजार ९ जनाको ज्यान गएको छ। भारतमा पछिल्लो २४ घन्टामा एक सय ६ जनाको मृत्यु भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशमा ६६ जनाको निधन भएको छ।

त्यस्तै बिहार राज्यमा हालसम्म ५ जनाको निधन भएको छ। पश्चिम बंगालमा भने मृत्यु हुनेको संख्या १ सय ७१ पुगेको छ भने विभिन्न सूचकले भारतको अवको अवस्था निकै जटिल हुने देखाएको छ ।