चार लाख भारतीयलाई भारतले देश फर्काउने - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

चार लाख भारतीयलाई भारतले देश फर्काउने



एजेन्सी- भारतमा गत महिनादेखि जारी लकडाउनका बीच सिंगापुर तथा खाडी देशमा रहेका भारतीयको पहिलो खेप शुक्रबार भारत आइपुगेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सरकारी एयरलाइन्स कम्पनी एयर इन्डियाले अमेरिका, बेलायत, दक्षिण पूर्वी एसिया तथा खाडी मुलुकबाट करिब ४ लाख भारतीय नागरिकको एयरलिफ्ट गर्ने प्रस्ताव गरेको छ।

यसका साथै भारतीय नौसेनाले पनि विभिन्न देशमा फसेका नागरिकको उद्धारका लागि युद्धपोत पठाएको छ।

भारतमा कोरोना संक्रमणको मामला ५६ हजार नाघेको छ भने करिब १९ सयको ज्यान गएको छ। विदेशबाट ठूलो संख्यामा आफ्ना नागरिकको उद्धार गर्दा संक्रमण झन् बढ्ने हो कि भन्ने चिन्ता पनि थपिएको छ।