महामारीमा पनि भारतको ज्यादती: नेपालमाथि ठाडो हस्तक्षेप - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

महामारीमा पनि भारतको ज्यादती: नेपालमाथि ठाडो हस्तक्षेप



काठमाडौ । भारतले नेपाली भूमि लिपुलेक हुदै चीनको मानसरोबर जाने बाटो खोलेकोमा त्यस प्रकारको हस्तक्षेपकारी कार्यको नेपालमा सर्वत्र विरोध भएको छ । भारत सरकारले शुक्रबार मात्रै सो बाटोको उद्घाटन गरेको थियो ।

भारत सरकारले नेपाल सरकारसँग कुनै समन्वय नगरी नेपाली भूमि प्रयोग गरेको हो । लिपुलेक र कालापानीमा वर्षौंदेखि भारतीय पक्षद्धारा मिचिदै आएको नेपाली भूमि फिर्ता गर्नुपर्ने माग नेपाली पक्षबाट उठिरहेको अवस्थामा भारत सरकारले ती भूमि फिर्ता गर्नुपर्नेमा उल्टै बाटो खनेर थप अतिक्रमण गरेपछि भारतको मिचाहा प्रवृत्ति दोहोरिएको छ ।

नेपाल सरकारले भने भारतीय पक्षबाट बाटो बनेर उद्घाटन गर्दा समेत पत्तै पाउन सकेन । बाटो उद्घाटन भएपछि मात्रै नेपाल सरकारले त्यसबारे थप जानकारी लिने काम भइरहेको बताएको छ । नेपाल सरकारको यस्तो गैरजिम्मेवार प्रवृत्तिको समेत आलोचना भएको छ ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेपाली भूमिमा बाटो बनाएको विषयमा सत्यतथ्य जानकारी लिने काम थालिएको बताए । ज्ञवालीले यस बारे सत्यतथ्य जानकारी लिन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइएको बताए ।

भारत सरकारले उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गञ्जी क्षेत्र हुँदै लिपुलेक पुग्ने सडकमार्ग खोलेको हो । भारतको यो कार्यले सुगौली सन्धिको अपमान गरेको र नेपाली भूमिमाथि ठाडो हस्तक्षेप भएको सिमाविद्हरुले बताएका छन् ।