परिवर्तन हुँदै झन् खतरनाक बन्दै कोरोना, वैज्ञानिकहरूले दिए चेतावनी - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

परिवर्तन हुँदै झन् खतरनाक बन्दै कोरोना, वैज्ञानिकहरूले दिए चेतावनी



एजेन्सी- कोभिड–१९ महाव्याधि जन्माउने सार्स–कोभ–२ भाइरसले क्रमशः रूप परिवर्तन गर्दै लगेर आफूलाई झन् झन् खतरनाक बनाइरहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

युरोप र अमेरिकामा यही खतरनाक रूपले तबाही मच्चाएको उनीहरूको कथन छ ।

आरम्भिक चरणमा देखिएको स्ट्रेनभन्दा यो नयाँ स्ट्रेन बढी घातक पाइएको हो । अमेरिका र बेलायतका वैज्ञानिकहरूले यो नयाँ स्ट्रेनको पहिचान गर्दै यसलाई स्पाइक डी६१४जी नामक दिएका छन् र यो चिन्ताको विषय भएको बताएका छन् । संसारभरि अहिले यही स्ट्रेन फैलिएको उनीहरूको कथन छ ।

‘यो फेब्रुअरी महिनाको आरम्भतिरबाट युरोपमा फैलिएको र नयाँ नयाँ क्षेत्रमा जाँदा यसले अन्य स्ट्रेनमाथि प्रभुत्व जमाउन थालेको हो,’ वैज्ञानिकहरूको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो प्रतिवेदन ग्लोबल इनिसिएटिभ फर शेयरिङ अल इन्फ्लुएन्जा डेटाबाट संकलन गरिएको आँकडाका आधारमा तयार पारिएको हो ।

मार्च १ अघिका अधिकांश सिक्वेन्सहरूमा डी६१४ प्रमुख रूप थियो । तर यो परिवर्तन भएर जी६१४ बनेर फैलिँदै गएपछि यसैले अरूमाथि प्रभुत्व जमाउँदै लग्यो, अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।