भारतमा सैन्य विमान दुर्घटनाग्रस्त - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

भारतमा सैन्य विमान दुर्घटनाग्रस्त



एजेन्सी- भारतीय वायुसेनाको मिग–२९ विमान रुडकीमा शुक्रवार दुर्घटनाग्रस्त भएको छ । प्राविधिक कारणवश विमान दुर्घटनामा परेपछि पाइलटले प्यारासुट लगाएर हाम्फालेका छन् ।

मिग–२९ भारतीय समयअनुसार बिहान साढे १० बजे जालन्धरको आदमपुर स्टेसनबाट उडेको थियो । बाटैमा प्राविधिक गडबडी आएपछि विमान दुर्घटनाग्रस्त भयो र खेतमा खस्यो अनि आगो लाग्यो ।

विमान प्रशिक्षण मिसनमा थियो । पाइलटले विमानलाई नियन्त्रणमा लिन नसकेपछि दुर्घटना भएको बताइएको छ । पाइलट सुरक्षित छन् ।

घटनामा सेनाले कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ । विमानका पाइलट एम के पाण्डे प्यारासुटबाट भुइँमा आएपछि गाउँलेहरूले उद्धार गरेका थिए ।