संघीय संसद सचिवालयका ४ सय ४१ जनाको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं- सांसदसहित संघीय संसद सचिवालयका ४ सय ४१ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
बजेट अधिवेशन सुरू हुनुअघि बिहिबार संकलन गरिएका थ्रोट स्वाब बाट गरिएको जाँचमा सांसदसहित संघीय संसद सचिवालयका ४ सय ४१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालय स्रोतका अनुसार १७९ प्रतिनिधिसभाका सदस्य, ३३ जना राष्ट्रिय सभाका सदस्य र २२९ कर्मचारी तथा मर्यादापालक गरी ४ सय ४१ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।
उनीहरू सबैको रिपोर्ट आज दिउँसो ४ बजे बस्ने नियमित पत्रकार सम्मेलनमा जानकारी गराइने स्रोतले बतायो ।
संसद बैठक अघि कोरोना भाइरस भएनभएकोबारे पीसीआर विधिबाट परिक्षण गर्ने कार्य व्यबस्था समितिको निर्णयअनुसार हिजो संसद अन्तर्गत ४ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।