कोरोना उत्पतिबारे अनुसन्धान गर्न चीनले राख्यो सर्त - Himal Post Himal Post
  • १२ मंसिर २०८१, बुधबार
  •      Wed Nov 27 2024
Logo

कोरोना उत्पतिबारे अनुसन्धान गर्न चीनले राख्यो सर्त



एजेन्सी । चीनले कोरोना भाइरसको उत्पतिबारेको अनुसन्धानमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई सघाउने भएको छ ।

यद्यपि, चीनले उक्त अनुसन्धान विशुद्ध वैज्ञानिक ढंगबाट हुनुपर्ने प्रस्ट्याएको छ । चीनले राजनीतिक ढंगबाट हुने अनुसन्धानमा कुनै सहयोग नगर्ने पनि स्पष्ट पारेको छ ।

अमेरिका लामो समयदेखि चीनले पूरै मामिलामा पारदर्शिता नअपनाएको आरोप लगाउँदै आएको छ । चीनले कोरोना भाइरसको संक्रमणलाई आप्mनै देशमा मात्रै सीमित गर्न पनि नसकेको अमेरिकाको आरोप छ ।

तर, अमेरिकाले लगाउँदै आएका आरोपलाई चीनले खण्डन गर्दै आएको छ । चीनले कोरोना भाइरसको उत्पति आप्mनो देशभन्दा बाहिर भएकोसमेत दाबी गरिरहेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिका एक झुट लुकाउन अर्को झुट बोलिरहेको बताएका छन् ।