प्रधानमन्त्रीको संदेश: नेपालमा कोरोना भयावह हुने लक्षण छ, सतर्क हुनुहोस
काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको बताएका छन् ।
बिहीबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले महामारीले भयावह रुप लिन सक्ने भन्दै सबैलाई आफ्नो ख्याल गर्न आह्वान गरेका छन् ।
सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन्, यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।’
हालसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हाल ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री ओलीको संदेसले थप सन्त्रास बढ्ने देखिन्छा
कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा पुर्याएको उल्लेख गर्दै उनले कोरोनाबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुपन अर्पण गरेका छन् ।
नेपालमा कोरोनाको पूर्वतयारीका रूपमा छिट्टै लकडाउन गरिएकाले संक्रमण डर न्युन भएको चर्चा भैरेहेका बेला उनले यस्तो सन्देस दिएका हुन् ।