भारतले नेपालबाट आफ्ना नागरिक लैजाने, भारतमा भएका नेपाली पठाउन सक्ने - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

भारतले नेपालबाट आफ्ना नागरिक लैजाने, भारतमा भएका नेपाली पठाउन सक्ने



काठमाडौँ- भारत सरकारले नेपालमा रहेका आफ्ना नागरिक लैजाने भएको छ । यससंगै भारतमा भएका नेपाली नागरिक पनि फर्काउने सङ्केत देखाएको छ ।

नेपालमा अड्केका आफ्ना नागरिक र भारतमा अड्केका नेपाली नागरिकलाई आआफ्ना मुलुक फर्काउन आवश्यक कदम उठाउने गरी तयारी गरेपछि भारत सरकारले सर्वोच्च अदालतलाई जानकारी गराएको खबर बाहिरिएको छ ।

कोभिड १९ का कारण नेपालमा अड्केका भारतीय नागरिकलाई बिहीबारपछि स्वदेश फर्काउने निर्णय सरकारले गरिसकेको भारतको सर्वोच्च अदालतलाई दिइएको हो।

मंगलबार सर्वोच्चका न्यायाधीश अशोक भूषणको नेतृत्वको इजलाससमक्ष प्रस्तुत हुँदै भारतका सोलिसिटर जनरल तुषार मेहताले त्योसँगै भारतमा रहेका नेपालीहरुलाई नेपाल फर्कन आवश्यक सहयोग पुर्‍याइने बताएका हुन्।

सर्वोच्चले सरकारका तर्फबाट दिइएको आश्वासनको पृष्ठभूमिमा कुनै आदेश दिनुनपर्ने बताएको जनाइएको छ ।

हाल उत्तराखण्डको पिथौरागढमा २१४ जना नेपालीहरु स्वदेश प्रवेश गर्न नपाई त्यत्तै अड्किएको जानकारी पनि अदालतलाई दिइएको थियो।

यो संगै भारतमा अलपत्र परेका नेपालीहरू पनि नेपाल आउन पाउने आशा बढेको छ ।