देउवाले प्रधानमन्त्रीलाई फोन गरेर के भने ? - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

देउवाले प्रधानमन्त्रीलाई फोन गरेर के भने ?



काठमाडौं- प्रमख प्रतिपक्षी दल नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी कोरोना भाइरसविरुद्धको अभियानबारे ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी सभापति देउवाले कोरोना भाइरसविरुद्धको अभियानका विषयमा ध्यानाकर्षण गराउँदै तीन बुँदे माग राखेका हुन्।

सभापति देउवाले नेपालगञ्जमा युद्धस्तरमा परीक्षण व्यापक रुपले गर्न माग गरेका छन्। यस्तै, देशभर पीसीआर प्रविधिबाट कोरोना परीक्षण द्रुत गतिमा विस्तार गर्न पनि उनले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

यस्तै, कुवेतको सेल्टरमा राखिएका करिब तीन हजार र मध्यपूर्वका देशमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीलाई क्रमश उद्दार गर्न समेत उनले माग गरेका छन्।

देउवाले अप्ठ्यारोमा परेका नेपालीको उद्दार गर्नु सरकारको कर्तव्य रहेको स्मरण प्रधानमन्त्री ओलीलाई गराएका छन्।

केन्द्रीय सरकारले उद्दार गर्ने एवं प्रदेश र स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरेर मात्रै घर जान दिने गरी व्यवस्थित र कडाइका साथ कार्य गर्न र गराउन प्रधानमन्त्रीलाई देउवाले माग गरेका छन्।