वीरगन्जमा भेटिएका एक संक्रमितले १२ सय बढी मानिसलाई राहत बाँडेका थिए
काठमाडौं- नेपालमा पहिलोपल्ट एकै परिवारका १७ जनामा कोरोना संक्रमण भएको छ। बुधबार वीरगन्जमा थपिएका १७ जना कोरोना संक्रमित एउटै परिवारका सदस्य रहेको खुलेको हो ।
वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताएअनुसार बुधबार भेटिएका वीरगन्जका सबै संक्रमित एउटै परिवारका हुन् ।
वैशाख १४ गते संक्रमण देखिएका पुरुषका परिवार सदस्य रहेको बताइएको छ । ती पुरुष महानगरका कर्मचारी रहेको खुलेको छ ।
संक्रमित २ महिने शिशु पनि संक्रमित पुरुषकै बच्चा रहेको बताइएको छ । वैशाख १४ गते महानगरपालिका-३ स्थित छपकैयामा बस्दै आएका एक पुरुषमा संक्रमण देखिएको थियो।
उक्त पुरुषका परिवार र सम्पर्कमा आएकाहरूको परीक्षण गर्न काठमाडौं पठाइएको थियो।संक्रमित पुरुष राहत वितरणमा पनि सहभागी भएकाले संक्रमण थप बढ्न सक्ने महानगरले जनाएको छ।
१२ सय बढी मानिसलाई राहत वितरण कार्यमा उनि सहभागी भएको पनि खुलेको छ । त्यसलै संक्रमित संख्या यो भन्दा धेरै हुनसक्ने आंकलन गरिएको छ।
बुधबार १७ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ।