नेकपा सचिवालय बैठकमा तनाव: बैठक छाडेर प्रधानमन्त्री ओली निस्किए
काठमाडौं- बालुवाटारमा जारी नेकपा सचिवालय बैठकमा तनाव देखिएको छ । प्रधानमन्त्री ओलीले बैठककक्ष छाडेर निस्किएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भैरहेको बैठकमा दुई पक्षबीच चर्काचर्की भएपछी प्रधानमन्त्री ओलीले बैठक छाडेर निस्किएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार नेताहरूबीच सरकार संचालन तथा पार्टीमा एक व्यक्ति एक पदको बिषयमा द्वन्द्व चर्किएको थियो । बैठकमा एकाएक चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री बैठक कक्ष छाडेर निस्किएको बताइएको छ ।
स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री ओली निकै तनावमा देखिएका थिए । प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको पहिले देखि नै विपक्षमा रहेका छन् ।
बैठकमा बहुमत सचिवालय सदस्यहरुले भने यो मुद्दाको समर्थन गरेको बताइएको छ ।