२ महिने शिशुसहित १७ जना संक्रमित नयाँ थपिए: नेपालमा महामारीको सङ्केत
काठमाडौं । नेपालमा बुधबार १७ जना कोरोना संक्रमति थपिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा बुधबार पर्साका १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
यसपटक देखिएका संक्रमितमध्ये २ महिनाको बच्चालाई पनि संक्रमण देखिएको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।
एकै पटक यति धेरै संक्रमित देखिएपछि नेपालमा पनि महामारीको सङ्केत देखिएको हो ।
यससंगै नेपालमा हालसम्म ९९ जना संक्रमित पुगेका छन् ।