असन्तुष्ट स्थायी कमिटी सदस्यको छुट्टै भेला: नेकपामा सङ्कट चुलिँदै - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

असन्तुष्ट स्थायी कमिटी सदस्यको छुट्टै भेला: नेकपामा सङ्कट चुलिँदै



काठमाडौँ– गत शनिबार बसेको सचिवालय बैठका निर्णय चित्त नबुझेको भन्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका असन्तुष्ट स्थायी कमिटी सदस्यहरु भेला हुने भएका छन् ।

भेलाले सामुहिक एजेन्डा तयार गरेर नेतृत्वलाई थप दवाब दिनेगरी तयारी गर्ने र स्थायी कमिटी बैठकका लागि साझा एजेन्डा तयार गर्ने बताइएको छ ।

आगामी वैशाख २५ गते बस्ने स्थायी कमिटीको बैठक बस्ने तय भैसकेको बेला पार्टीभित्र देखिएका समस्या समाधान नभएको भन्दै उनीहरू अलग्गै भेला हुन लागेका हुन । सचिवालय बैठक पछाडी पनि नेताहरूको छलफल तिब्र बनेको छ ।

पार्टी र सरकार संचालन गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नेगरी तयार भएको प्रचण्ड-नेपाल गठबन्धनलाई उपाध्यक्ष बामदेव गौतमले साथ् छाडेपछि विवादले अर्कै रुप लिएको थियो ।

यसअघि स्थायी कमिटीको बैठक बोलाउन हस्ताक्षर संकलन गरेर नेतृत्वलाई बुझाएका नेताहरुको भेला बस्न थालेको हो ।

अध्यादेश प्रकरण चर्किएका बेला तत्काल स्थायी कमिटी बैठक बोलाउन हस्ताक्षरसहित नेतृत्वलाई पत्र बुझाएका २० जना सदस्य मध्ये यो भेलामा अधिकांश उपस्थित हुने भएका छन्।

दुर्घटनाउन्मुख देखिएको नेकपामा सचिवालय बैठकपछि विवाद साम्य भएको आंकलन गरिएपनि झन् चर्किने देखिएको छ ।

तत्कालका लागि समाधान भएजस्तै देखिएपनि स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा माग्ने तयारी एक पक्षले तय गरिसकेको स्रोतको दाबी छ ।