प्याब्सनले भन्यो: यो वर्ष एसईईको परिक्षा नगरौँ - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

प्याब्सनले भन्यो: यो वर्ष एसईईको परिक्षा नगरौँ



काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आग्रह गरेको छ ।

कोरोना भाइरसका कारणले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै मंगलबार विज्ञप्तिमार्फत प्याब्सनले यस्तो आग्रह गरेको हो ।

प्याब्सनले यसबर्ष एसईई परिक्ष नलिन र आन्तरिक परिक्षाबाटनै ग्रेडिङ मिलाउन आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न प्याब्सन केन्द्रीय कार्य समिति उपयुक्त ठहर गर्दछ ।’

यसका लागि आवश्यक कानूनी अड्चन फुकाउनसमेत सरकारसँग आफूहरूले आग्रह गरेको प्याब्सनका अध्यक्ष टीकाराम पुरी बताउँछन् । ०७६ को एसईईका लागि मात्रै लागू हुने गरी कानून व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ ।

चैत पहिलो साताका लागि तय भएको एसईई परीक्षा कोरोना भाइरसका कारण अन्तिम समय स्थगित भएको थियो ।