कोरोना ल्याबमा बनेको अमेरिकाको दाबी अस्ट्रेलियाद्वारा खारेज
बीबीसी- कोरोना भाइरसलाई ल्याबमा निर्माण गरिएको भन्ने अमेरिकाको दाबीलाई अस्ट्रेलियाले खारेज गरेको छ । चिनियाँ ल्याबमा कोरोना भाइरस बनाइएको अमेरिकी दाबीलाई अस्ट्रेलियाले खारेज गरेको हो ।
अस्ट्रेलियाले कोरोनाको निर्माण ल्याबमा गरे–नगरेको बारेको जाँचमा सधैं अमेरिकाको साथ दिँदै आएको थियो । यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले कोरोना भाइरस चीनको ल्याबमा निर्माण गरिएको दाबी गरेका थिए ।
यद्यपि, चीनले यसअघि नै उनको दाबीलाई अफवाह भनिसकेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्काट मोरिसनले अमेरिकाका साथ यस विषयको शोधमा मिलेर काम भइरहे पनि अमेरिकाको दाबीलाई समर्थन नगरिने बताएका छन् ।