दिल्ली सरकारको काइदा: ७० प्रतिशत कर थपेर मदिरा बिक्रि खुल्ला
काठमाडौँ- भारतको दिल्लीमा मदिराको कर ७० प्रतिशत थपिएको छ । दिल्ली प्रदेश सरकारले मदिरामा कोरोना कर थपेको हो ।
मंगलबारदेखि दिल्लीमा अतिरिक्त ७० प्रतिशत ‘स्पेसल कोरोना फिस; को नामबाट कर लगाएको घोषणा दिल्ली सरकारले गरेको छ ।
सोमबारदेखि भारतको गृह मन्त्रालयले देशका कैयौं शहरमा मदिराको बिक्रि सामाजिक दुरी कायम राखेर खुला गरेको थियो । मदिराको बिक्रि खुलेसँगै मदिरा बिक्रि केन्द्रहरुमा ठुलो भिड लागेको थियो ।
यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले सोमबार मदिरा पसल अगाडीको स्थितिले दुखि बनाएको भन्दै सामाजिक दुरी कायम नगरे मदिरा मसल बन्द गरिदिने चेतावनी दिएका छन् ।
उनले केन्द्र सरकारको गाइडलाइन अनुसार सोमबारबाट केहि क्षेत्रमा सहुलियत दिएको भएपनि सरकार नियमको पालना नगरेमा पसलहरु बन्द गरिदिने चेतावनी दिएका छन् ।
कोरोनाका कारण लामो समयसम्म लकडाउन भएपछि सरकारी राजश्व प्रभावित भएकोले केहि क्षेत्रमा लकडाउन खुकुलो बनाउने रणनिति भारत सरकारले लिएको छ ।
सोहि अनुरुप ठुलो मात्रामा राजश्वमा योगदान गर्ने मदिराको बिक्रि खुला गरेसँगै मदिरा बिक्रि केन्द्रमा देखिएको भिडले सरकारलाई झस्काएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।