आमिर खानले भने: आटाको झोलामा पैसा मैले राखेको होइन - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

आमिर खानले भने: आटाको झोलामा पैसा मैले राखेको होइन



काठमाडौं- पछिल्लो समय सामाजिक संजालमा फैलिएको बलिउड नायक आमिर खानको हल्ला झुठो निस्किएको छ।

पिठोको प्याकेटमा १५ हजार रुपैयाँ राखेर वितरण गरेको अमिर खानको बिषयमा केही दिन यता सामाजिक संजालमा सनसनी नै मच्चिएको थियो ।

तर, नायक आमिर खानले यो बिषयमा स्पष्टिकरण दिएका छन् । उनले ट्विटरमा लेखेका छन्–‘म त्यो मानिस होइन, जसले पिठोको प्याकेटमा पैसा राखेर बाँडेको थियो । यो कि त पूर्ण रुपमा झुट खबर हो, कि रविन हुड आफूलाई सार्वजनिक गर्न चाहँदैन । धेरै धेरै माया छ ।’

भारतमा एक समाजसेवीले एक किलो पिठोको प्याकेटमा १५ हजार रुपैयाँ राखेर वितरण गरे । जुन खबरले खुबै चर्चा पाइरहेको छ । नेपाली सामाजिक संजालमा समेत उक्त काम आमिर खानले गरेका हुन् भन्दै आमिरको प्रशंसा भइरहेको छ ।

नायक आमिर खानले लक डाउनपछि विभिन्न तरिकाले सेवा गरिरहेका छन् । सामाजिक कार्यको लागि सबैभन्दा अगाडि आउने नाम नै आमिर भएकाले उनको नाम जोडिएको हुन सक्छ ।

निकै भावुक बनाउने त्यो समाचार झुठो हो वा त्यो सहयोगी व्यक्ति सार्वजनिक हुन चाहेन त्यो समयले देखाउला।