प्रिन्सिपल भुसाल मृत्यु प्रकरण : छानबिनको माग गर्दै प्रदर्शन - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

प्रिन्सिपल भुसाल मृत्यु प्रकरण : छानबिनको माग गर्दै प्रदर्शन



विशाल पाण्डेय/कैलाली-

कैलालीको बिहानी क्षितिज विद्यालयका सञ्चालक तथा प्रिन्सिपल कृष्ण प्रसाद भुसालको हत्या भएको भन्दै छानविनको माग गर्दै मसुरीयाका स्थानियहरुले बजारमा विरोध र्‍याली निकालेका छन् ।

निजी विद्यालयको संगठन एनप्याव्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका भुसाल बैशाख ११ गते राति घोडाघोडी नगरपालिका-१० मा मृत अवस्थामा भेटिएका थिए ।

घटनाको भएको ११ दिन भईसक्दा पनि छानबिन नभएको भन्दै विद्यालयका पूर्व विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालय मसुरीया मार्फत जिल्ला प्रशासन कार्यालय कैलाली र जिल्ला प्रहरी कार्यालय कैलालीलाई ज्ञापन समेत बुझाएका छन् । स्थानीयले पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने, हत्यारा पत्ता लगाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

कैलालीका प्रहरी प्रवक्ता डिएसपी दक्ष कुमार बस्नेतले घटना बारे अनुसन्धान भइरहेको बताए । भुसालको हत्या गरिएको भन्दै परेको किटानी जाहेरीका आधारमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।