बैठकपछि माधव नेपाल असन्तुष्ट
काठमाडौँ- नेकपाभित्र देखिएको नाटकीय समझदारीले कैयौं नेताहरू थप त्रसित बनेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले यसबारे आंशका व्यक्त गरेको बुझिएको छ ।
बैठकमा नेताहरूको चोचोमोचो मिलेको देखेपछि नेता नेपालले केहि प्रश्न समेत गरेका छन् । पार्टी नीतिमा चल्न र एकताबद्ध बन्नको लागि यसरी अर्थ हुँदैन नेपालले हानेका थिए ।
सहमतिमा अगाडि जाने कुरा सकारात्मक भए पनि दुई अध्यक्षबीचको ‘अपारदर्शी’ मिलनप्रति असन्तुष्टि जनाएका छन् ।
स्रोतका अनुसार सचिवालय बैठकमा नेता नेपालले भनेका थिए, ‘मिलेर जानेकुरा ठीक छ । पार्टीलाई एकताबद्ध गरेर जानेकुरा पनि ठीक छ । तर, दुई जनाको चोचोमोचो चाँहि मानिन्न ।’
अघिल्ला बैठकहरुमा अध्यक्ष पुष्पकमल दाहाललाई अन्य सचिवालय सदस्यहरुसँगै राखिने गरेको भएपनि शनिबारको बैठकमा उनलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगैको लहरमा राखिएको थियो ।
अघिल्लो सचिवालयमा प्रधानमन्त्री ओलीले नेपाललाई पनि अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए । शनिबारको बैठकमा नेपालले त्यसलाई अस्वीकार गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि बताएका छन् ।
वरिष्ठ नेता झलनाथ खनालले मिल्ने कुरा राम्रै भए पनि साँच्चै मिलेर गएमात्र समस्या हल हुने नत्र पुरानै अवस्था दोहोरिने धारणा राखेका थिए ।