भारतमा झन् बढ्दै प्रकोप - Himal Post Himal Post
  • १२ मंसिर २०८१, बुधबार
  •      Wed Nov 27 2024
Logo

भारतमा झन् बढ्दै प्रकोप



नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ४११ नोभेल कोरोना भाइरस संक्रमित थपिएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले शनिबार साँझ जारी गरेको नयाँ तथ्यांकअनुसार भारतमा दैनिक कोरोना संक्रमितको संख्यामा भएको वृद्धिमा शनिबार अहिलेसम्मकै उच्च भएको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ३७ हजार ७७६ पुगेको छ भने मृत्यु हुनेको संख्या एक हजार २२३ पुगेको छ ।

हालसम्म भारतमा १० हजार १७ जना कोरोना संक्रमितको उपचारपछ अस्पतालबाट डिस्चार्ज गरिएका छन् । भारतमा सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ५३५ रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतको महाराष्ट्रमा सबभन्दा धेरै कोरोना संक्रमित रहेका छन् । जहाँ कोरोना संक्रमितको संख्या ११ हजार ५०६ रहेको छ भने एक हजार ८७९ को उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । – एएनआइ