बैसाख २५ गते स्थायी कमिटी बैठक: यस्ता छन् सचिवालय बैठकका निर्णय - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

बैसाख २५ गते स्थायी कमिटी बैठक: यस्ता छन् सचिवालय बैठकका निर्णय



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक बैसाख २५ गते बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका हुन्।

बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि आपत्ति जनाउँदै उनको राजीनामा माग गरिएको थियो।

ओलीविरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम एक ठाउँ उभिएका थिए।

विवाद नमिलेपछि शनिबार फेरि बैठक बस्ने निर्णयानुसार शनिबार सचिवालय बैठक बसेको हो। सचिवालय बैठकअघि प्रधानमन्त्री ओली आफूविरुद्धको मोर्चाबन्दीभित्र खेल्न सफल भएका छन्।

योसँगै ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गराउने पक्षमा देखिएका सचिवालय सदस्यहरुबीच नै मत बाझिएपछि तत्काललाई राजीनामा टरेको छ।