राष्ट्रपतिलाई भेटेलगत्तै प्रचण्डसँग ओलीको गोप्य छलफल
काठमाडौँ- नेकपा केन्द्रीय सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसंग गोप्य छलफल गरेका छन् ।
सचिवालय बैठक पछाडी सारेर शीतलनिवास पुगेका प्रधानमन्त्री ओली बालुवाटार छिरे लगत्तै प्रचण्डसंग छलफलमा जुटेका थिए ।
करिव आधा घण्टा ओली-प्रचण्डको गोप्य बैठक बसेको स्रोतले बताएको छ । दुई नेताले छलफल गरेपछि मात्रै सचिवालय बैठक बसेको बताइएको छ ।
एकाएक शीतलनिवास गएको र आउनेबित्तिकै प्रचण्डसँग गोप्य बैठक बस्नु अर्थपूर्ण मानिएको छ ।