बैठक छाडेर प्रधानमन्त्री ओली एकाएक राष्ट्रपति निवासमा - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

बैठक छाडेर प्रधानमन्त्री ओली एकाएक राष्ट्रपति निवासमा



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बस्नुअघि एकाएक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवासमा पुगेका छन् ।

स्थायी समिति बैठक बोलाउन पार्टीबाट तिब्र दवाब आएपछि उनले पटक पटक राष्ट्रपतिलाई भेटेका छन् । अहिले सचिवालय बैठकको समय सारेर उनि शीतलनिवासमा जानुको ठुलो अर्थ हुने जानकारहरू बताउछन ।

पार्टीको सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न जानुलाई पार्टीभित्र पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

ओली शितलनिवास गएपछि पार्टीभित्र अनेक अड्कल काट्न थालिएको छ ।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्नेबारे छलफल गर्न प्रधानमन्त्री ओली शितलनिवास गएको बुझिएको छ ।