विप्लवले भन्यो, 'प्रिन्सिपल भुषालको षड्यन्त्रपुर्वक हत्या भएको हो' - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

विप्लवले भन्यो, ‘प्रिन्सिपल भुषालको षड्यन्त्रपुर्वक हत्या भएको हो’



कैलाली । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) गौरीगंगा नगर कमिटीले बिहानी क्षितिज बोडिङ्ग स्कुलका प्रिन्सिपल तथा एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुषालको अप्रत्याशित मृत्यु भएकोले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विप्लव पार्टीका नगर सचिव साजनले शुक्रबार एक प्रेस विज्ञप्ति तथा शोक वक्तव्य जारी गर्दै भुषालको कालगतिको हिसाबले स्वभाविक मृत्यु हुनै नसक्ने र योजना बद्व षड्यन्त्र पुर्वक हुनसक्ने पार्टीको बुझाई रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आफ्नो पार्टीले समाजमा हुने हरेक घटनाको उत्सुकता राख्दै आएको भन्दै यस घटनामा आफ्नो आन्तरिक संयन्त्रको प्रयोग गरि सुश्म अध्ययन गरिएको उल्लेख गरेका छन् । उक्त घटनामा संलग्न व्यक्तिहरुलाई गम्भीर प्रकारले छानबिन गरि दोषीउपर शक्त कारबाही गर्न माग गरिएको छ ।