सत्ता उन्मादमा ओली पक्षको अर्को कर्तुत: हस्ताक्षर गर्न सांसदलाई धम्की - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

सत्ता उन्मादमा ओली पक्षको अर्को कर्तुत: हस्ताक्षर गर्न सांसदलाई धम्की



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नलाग्ने सांसदहरुलाई भोलिका दिनमा जे पनि हुनसक्ने भन्दै धम्की दिन थालिएको खुलासा भएको छ ।

प्रधानमन्त्रीबाट हटाउने पक्का भएपछि प्रधानमन्त्री ओली पक्षले चलाइरहेको हस्ताक्षर अभियानमा सामेल नहुने सांसदहरुलाई ओलीका निकटस्थहरुले बालुवाटारबाटै धम्क्याउन थालेका छन् ।

राष्ट्रियसभा सदस्य शारदा भट्टलाई शुक्रबार मात्रै प्रधानमन्त्री ओलीको मान्छे हुँ भन्दै गौरी ओलीले धम्क्याएकी हुन् ।

राष्ट्रियसभा सदस्य शारदा भट्टले धम्की आएको खुलाएकी हुन् ।

शारदा भट्ट

यस्तो छ उनले सेतोपाटीलाई दिएको बयान:

पहिला त मैले मलाई सञ्चो छैन भनेकी थिएँ। मैले त्यसो भनेपछि उनले ‘गाडीमा गएर दस्ताखत गरेर आउनुपर्यो नि, प्रधानमन्त्रीलाई ढाल्दै छन्, तपाइको एउटा दस्ताखतले कत्रो ठूलो काम गर्छ’ भनेर भनिन्।

त्यसपछि मैले हेर्नुस म राष्ट्रिय सभाको सदस्य हो, मेरो त्यहाँ प्रधानमन्त्रीलाई ढाल्ने र जोगाउनेमा कुनै भूमिका हुँदैन भनेर समेत भनेकी थिएँ।

फेरी उनले सबै राष्ट्रिय सभाका सांसदले हस्ताक्षर गरेर आउनुभयो तपाइले अनेक बहाना गर्नुहुन्छ भनेर समेत भनिन्।

अनि मैले तपाईं त्यसो नभन्नुसन मैले केही बहाना गरेको छैन भनेर भनेँ। पार्टीमा सबै लडिराछन् पार्टीमा यत्रो बबाल भएको छ, म तटस्थ बस्ने मान्छे हो त्यसैले यो लफडा राम्रो मान्दिनँ भनेपछि उनी एकाएक आक्रोसमा आइन्।

आक्रोसमा आएर उनले ‘हिजो अस्ति टिकट दिने बेलामा प्रधानमन्त्रीले मलाई दिनुभएको थियो, मैले हाम्रो शारदा दिदी बुढी मान्छे, इतिहास बोकेको मान्छे उहाँलाई दिनुपर्छ भनेर भनेको हो’ भनेर उनले भनिन्।

उनको त्यस्तो कुरा सुनेपछि मैले भने ‘तपाईं आफै हुनपर्ने हो नि तपाइले मलाई किन दिनु परेको थियो र? म त ७० वर्षसम्म यसै बसेको थिएँ’ भनेर जवाफ दिएँ।

मलाई उनको कुराले चित्त नबुझेपछि मलाई त नेकपाले टिकट दियो भन्ने ठानेको थिएँ तर गौरा ओलीले दिएको रैछ भनेपछि उनले होनि त समेत भनिन्।

उनले फेरि मलाई तपाईं जानुहुन्न भनेर भनिन्। अनि मैले म कतै जान्न, यतापनि जान्न उता पनि जान्न भनेर जवाफ दिएँ।

त्यसो भए तपाईंलाई धेरै अफ्ठ्यारो पर्ला है भोलिको दिनमा गाह्रो पर्ला भनिन। अनि मैले के अब मेरो पद खोस्नुहुन्छ र तपाईं भनेर समेत भनेँ।

त्यसपछि उनले जे पनि हुनसक्छ भनेर भनिन्। ‘जे पनि हुनसक्छ बिचार गर्नुहोस, है बिचार गर्नुहोस,’ भनेर भनिन्। उनले अझै रिसाउँदै ‘राम्ररी बस्नुहोला, तपाईंलाई धेरै अफ्ठ्यारो होला भोलिको दिनमा, मैले भन्दिएको कुरा हो, धेरै सतर्क भएर बस्नुस्’ भनेर भनिन्।

अन्तिममा मैले ए त्यसो हो र भनेर भनेँ। अनि उनले किन नहुने जे पनि हुनसक्छ नेपालमा भनिन्। मैले ल त्यसो भए गर्नुस जे जे हुन्छ मलाई गर्नोस् भनेर भन्दा उनले ए त्यसो हो? भनेर ठ्याक्कै फोन राखिन्।

उनले जोडतोडले गाली समेत गरेकी थिइन्। यो धम्की होइन त ?