संसदीय दलमा पनि ओलीलाई नेताहरूले पत्याएनन्: हस्ताक्षर हल्ला मात्रै
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिनभर बालुवाटारमा सांसद बोलाएर हस्ताक्षर गराए । ओली पक्षका सांसदहरूले प्रधानमन्त्री ओलीको पक्षमा बहुमत कायम रहेको हौवा पिटाए । त्यो फगत हौवा मात्र तियो भन्ने समयले पुष्टि गरेको छ ।
पार्टीका शिर्ष नेताहरूले सचिवालय बैठक र स्थायी समिति बैठक बस्नैपर्ने वातावरण बनाएपछि बहुमत सांसदको हस्ताक्षर बोकेर सचिवालयमा जाने ओलीको योजना नराम्रोसँग तुहियो । योजना तुहिएपछि प्रधानमन्त्रीले नयाँ हत्कण्डा अपनाएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले हस्ताक्षर देखाएर सबै निर्णय तुहाइदिने योजना समेत बनाएका थिए । यदि यो योजना सफल भएको भए प्रधानमन्त्री अझ बढी शक्तिशाली भएर निस्किने पक्का थियो ।
एकपछि अर्को योजना तुहिएपछि प्रधानमन्त्री ओली गल्न बाध्य भएको स्रोतको दाबी छ । सरकारबाट फाल्ने निश्चित भएपछी सचिवालय बैठकमा ओलीले केहि समय लड़काउने प्लान बनाए । त्यहि प्लान अनुसार उनले बामदेव गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई अर्को अध्यक्ष बनाउने प्रस्ताव गरे त्यो पनि उधारोमा ।
उनले सचिवालय बैठकमा एकाएक राजिनामा दिने कुरा ल्याए तर सर्त जोडेर । कोरोना सङ्क्रण रोकिएपछि राजीनामा दिन्छु भनेपछि केहि समय पाइने त्यहि समयमा पासा पल्टाउन सकिने उनलाई सल्लाह दिनेहरूको निष्कर्ष छ ।
नेताहरूले तत्काल राजीनामाको माग गरेपछि ओलीले जवाफमा लकडाउन सकिएपछि राजीनामा दिने बताएका थिए । बहुमत सदस्य भएको भए राजीनामाको कुरा होइन नेताहरूलाई पेल्ने र बोल्नै नसक्नेगरी जवाफ फर्काउने स्वभाव ओलीको भएकाले उनि निरिह बनेर सर्तसहित राजिनामा दिने बखेडा निकालेको स्रोतको दाबी छ ।
अर्को बैठक वैशाख २० गतेलाई तय भएको छ । ‘रात रहे अग्राख पलाउने’ भन्ने उखान चरिथार्थ नहुनेहो भने ओलीको तत्काल बहिर्गमन पक्का जस्तै भैसकेको छ । उनले थप कदम चाल्न सकेनन भने उनको प्रधानमन्त्री पद मात्र होइन पार्टीको अध्यक्ष पद पनि नरहने पक्का जस्तै बनेको छ ।
एक सचिवालय सदस्यका अनुसार राजीनामा नै दिन्छु भनेर बैठकमा भनेकाले प्रधानमन्त्रीको वैधता समाप्त भएको ठहर्नेछ । उनले भने “राजीनामा दिन्छु । उसो भए वामदेवलाई प्रधानमन्त्री बनाउँ भन्नुको तात्पर्य के हो ? म बहुमतमा छैन भनेको होइन ?,” प्रधानमन्त्री स्वयम्ले राजीनामा दिन तयार छु भनेपछि उहाँले वैधता गुमाइसक्नुभएको छ ।”
बुधबारको बैठकमा प्रधानमन्त्रीको प्रस्तुति–प्रस्तावले प्रधानमन्त्री बहुमतमा नरहेको प्रमाण नै भएको नेताहरूको दाबी छ । “बहुमत सिद्ध गर्न सकेको भए उहाँ संसदीय दलमा जान्छु भन्न सक्नुहुन्थ्यो । संसद फेस गर्छु भनेर किन भन्नुपथ्र्यो !,” एक नेता भन्छन् ।