रोल्पामा बम विष्फोट: चार बालबालिकाको मृत्यु - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

रोल्पामा बम विष्फोट: चार बालबालिकाको मृत्यु



काठमाडौं- रोल्पामा बम बिस्फोट भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बम विस्फोट भएको बताइएको छ ।

विष्फोटमा परी चार जना बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ले घटनाबारे पुष्टि गरेको छ।

बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको बताइएको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।