छुटेलगत्तै पुन पक्राउ परे सुलभ अग्रवाल - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

छुटेलगत्तै पुन पक्राउ परे सुलभ अग्रवाल



काठमाडौँ – थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवशायी सुलभ अग्रवाल पुन: पक्राउ परेका छन् ।

बिहीबार काठमाडौं जिल्ला अदालतको आदेशमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेलगत्तै फेरी पक्राउ परेका हुन् ।

धरौटी बुझाएर छुटेका उनलाई सम्पत्ति सुद्धिकरण विभागले पनि अनुसन्धान गर्ने भएपछि नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।