सुलभ अग्रवाललाई छाड्न अदालतको आदेश - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

सुलभ अग्रवाललाई छाड्न अदालतको आदेश



काठमाडौं- कालोबजारी काण्डमा पक्राउ परेका सुलभ अग्रवाललाई छाड्न अदालतले आदेश दिएको छ ।

शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो।

मंगलबार उनीविरूद्ध परेको कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै उनलाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।

‘२५ लाख ५० हजार धरौटी दिए पुर्पक्षका लागि थुनामुक्त गर्नु भन्ने आदेश भएको छ। अग्रवालले धरौटी बुझाउँछु भन्नुभएको छ बुझाए छोड्ने तयारी छ,’ उनले भने।

उनी गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए।

तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। उनको नीलो नम्बर प्लेटको गाडीबाट ६६ थान थर्मल गन बरामद भएको थियो।

उनी जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक पनि हुन्।