बस्नेत, श्रेष्ठ र खनालबिरुद्ध सांसद यादवले दिए अपहरणको उजुरी - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

बस्नेत, श्रेष्ठ र खनालबिरुद्ध सांसद यादवले दिए अपहरणको उजुरी



काठमाडौँ- समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनाल विरुद्ध मुद्दा हालेका छन् ।

डा. यादवले बस्नेत, श्रेष्ठ र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौँ ल्याएको भन्दै उनीहरुबिरुद्ध मानव अधिकार आयोगमा बिहीबार उजुरी दिएका हुन्।

यसअघि उनले आफूलाई बस्नेत, श्रेष्ठ र खनालले अपहरण गरेको भन्दै महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालयमा किटानी जाहेरी दिन खोजे पनि उनीहरुले उजुरी नै दर्ता गर्न मानेका थिएनन्।

उनले शक्ति र सत्ताका आडमा ती तीनले आफ्नो ज्यान लिनसक्ने खतरा भएको भन्दै उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही र छानबिनका लागि निवेदन दिएका हुन्।