विप्लवक केन्द्रीय नेता पक्राउ - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

विप्लवक केन्द्रीय नेता पक्राउ



सुर्खेत- विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य पक्राउ परेका छन् । पूर्व सुर्खेत जिल्ला इन्चार्जसमेत रहेका बालाराम सुनार पक्राउ परेका हुन् ।

उनलाई बिहीबार विहान आठ बजेतिर जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो ।

‘कोरोना संक्रमण रोक्नका लागि भइरहेको लकडाउनका क्रममा घरमा आएर लुकिछीपी बसेको सूचना पाएपछि प्रहरी टोली खटाएका थियौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले भने, ‘विहान आठ बजेको समयमा घरबाटै पक्राउ गर्न सफल भयौं ।’

वीरेन्द्रनगर–४ कुमाइचोकका सुनार एक साताअघि घर आएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । उनीमाथि दुई महिनाअघि पश्चिम सुर्खेतमा प्रहरीमाथि भएको गोली प्रहारमा संलग्न भएको, धम्क्याएर चन्दा असुली गरेको लगायतका आरोपहरु छन् ।

‘पक्राउ परेका विप्लव समूहका केन्द्रीय सदस्यमाथि अनुसन्धान सुरु गरेका छौं,’ रायमाझीले भने, ‘पुराना मुद्दाहरुको पनि खोजविन गछौं ।’