मध्यरातमा बालुवाटारमै घनिभूत छलफल: सचिवालय बैठक पनि अनिश्चित - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

मध्यरातमा बालुवाटारमै घनिभूत छलफल: सचिवालय बैठक पनि अनिश्चित



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चित भएको छ । प्रधानमन्त्री ओली नयाँ रणनीतिमा लागेकाले अनिश्चित भएको बताइएको छ ।

यससंगै सोमबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहबीच भएको समझदारी पनि तोडिएको छ ।

सोमबार पार्टी ओली र वरिष्ठ नेता नेपाल समूहबीच अनौपचारिक भेटघाट छलफल हुँदा मङ्गलबार बोलाउने समझदारी भएको थियो ।

सोमबार मध्यरातमा प्रधानमन्त्रीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग परामर्श गरेपछि सचिवालय बैठक अनिश्चित बनेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओली नयाँ रणनीतिमा केन्द्रित भएको स्रोतले जानकारी दियो । नेपाल पक्षसँग कुनै समझदारी नजुटेपछि उनि फरक तरिकाको विकल्पमा लागेको दाबी स्रोतले गरेको छ ।

नेकपाका सचिवालय सदस्यहरू सुचनाको पर्खाईमा बसेको तर बालुवाटारबाट सचिवालय बैठक नडाक्ने रणनीति बनेको भन्ने खबर आएको एक सचिवालय सदस्यले भने ।

मङ्गलबारको भेटमा ओली, नेपाल दुवै समूह बैठक बोलाउन तत्पर देखिएका थिए । नेपाल पक्षले बैठक नै समस्याको निकास भएकाले विलम्ब नगर्न ध्यानाकर्षण गराएका थिए ।

ओली समूहले नेताहरूबीच समझदारी जुटेपछि मात्रै बैठक बोलाउँदा प्रभावकारी हुने निष्कर्ष निकालेका थिए ।