घोडाघोडीमा २६८ को परिक्षण, १७० क्वारेन्टाइनबाट घर फर्किए - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

घोडाघोडीमा २६८ को परिक्षण, १७० क्वारेन्टाइनबाट घर फर्किए



विशाल पाण्डेय / कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा २६८ जनाको र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) किटबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गरिएको छ ।

स्वास्थ्यकर्मीको निगरानीसहित नगरपालिकाले संचालनमा ल्याएको क्वारेन्टाइनमा बसेको व्यक्ति तथा अन्य व्यक्ति गरेर सोमबार साझसम्म २६८ जनाको (आरडिटि) किटबाट कोरोना भाइरसको परिक्षण गरिएको नगरपालिकाले जनाएको छ ।

क्वारेन्टाइनमा स्वास्थ्यकर्मिको निगरानीमा बसेका व्यक्ति ,सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी ,जनप्रतिनिधि तथा क्वारेन्टाइनमा काम गरि शंका लागेको व्यक्तिमा र्‍यापिड टेष्टमा कोराना परिक्षण गरिएको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले बताए । र्‍यापिड टेष्टमा कोराना परिक्षणगर्दा सबैको रिपोर्ट नेगेटिभ आएको रावतले जानकारी दिए ।

त्यस्तै सोमबार मात्रै ६२ जना क्वारेन्टाइनबाट घर फर्काइएको स्वास्थ शाखा संयोजक रावतले जानकारी दिए ।

उनले स्वास्थ सेवा निर्देशनालय अनुसार नेपालको संक्रमित ठाउँ का मानिसहरु बाहेक अन्य ठाउँबाट आएका मानिसहरुलाई क्वारेन्टाइनमा राख्न आवश्यक नरहने बताइएको जानकारी दिए ।

रावले काठमाडौं तथा अन्य संक्रमित नभएका ठाउबाट आएका मानिसहरूलाई केहिदिन क्वारेन्टाइनमा राखी र्‍यापिड टेष्टमा परिक्षण गर्दा नेगेटिभ आएपछि एक हप्ता घरमा अलग्गै बस्नको लागि आग्रह गरि सोमबार ६२ जनालाई घर पठाइएको जानकारी दिए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले गर्दा काठमाडौंमा भोकमरीको समस्या देखिन लागेकोले आफुहरु घर फर्किन बाध्य भएको उनिहरुले बताएका छन् । नगरपालिकाले संचालनमा ल्याएको क्वारेन्टाइनबाट हालसम्म १७० जनालाई घर फर्काइएको छ ।