कोरोनाको महामारी कम हुँदै: अमेरिकामा पनि सुध्रियो अवस्था
काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेहरु क्रमश घट्दै गएका छन् । पछिल्लो चार दिनको तथ्यांक हेर्ने हो भने दिनहुँ थपिने नयाँ कोरोना संक्रमितहरु क्रमश घटिराखेका छन् ।
अप्रिल २४ अर्थात वैशाख १२ गते मात्रै विश्वमा कोरोनाका नयाँ संक्रमित १ लाख ५ हजार ८ सय २५ जना थपिएका थिए । अप्रिल २५ मा यो संख्या १५ हजार १ सय ३ ले घटेर ९० हजार ७ सय २२ जना नयाँ संक्रमित थपिए ।
यस्तै अघिल्लो दिनको तुलानामा अप्रिल २६ मा १६ हजार ८ सय ६४ जना कम संक्रमित फेला परे । अर्थात ७३ हजार ८ सय ५८ जना नयाँ संक्रमित फेला परे । अप्रिल २७ मा ६९ हजार ७ सय ४६ नयाँ संक्रमित थपिएका छन् ।
कोरोनाबाट सबैभन्दा बढि प्रभावित अमेरिका, स्पेन र इटालीमा पनि क्रमश नयाँ संक्रमित भेटिने दर घट्दै गएको छ ।
अमेरिकामा अप्रिल २४ मा ३८ हजार ९ सय ५८ जना नयाँ संक्रमित भेटिएकोमा त्यसपछि क्रमश घटेर अप्रिल २५ मा ३५ हजार ४ सय १९, अप्रिल २६ मा २६ हजार ५ सय ९ र अप्रिल २७ मा २३ हजार १ सय ९६ जना नयाँ संक्रमित थपिएका थिए ।
अमेरिकामा अहिलेसम्म ९ लाख ८७ हजार ४ सय ६७ जना कोरोनाबाट संक्रमित भएका छन् भने ५६ हजार १ सय ६४ जनाको मृत्यु भएको छ ।
यस्तै स्पेनमा अप्रिल २४ मा ६ हजार ७ सय ४० जना नयाँ संक्रमित थपिएकोमा त्यसपछि क्रमश घटेर अप्रिल २५ मा ३ हजार ९ सय ९५, अप्रिल २६ मा २ हजार ८ सय ७० र अप्रिल २७ मा २ हजार ७ सय ९३ जना नयाँ संक्रमित भेटिएका थिए ।
स्पेनमा अहिलेसम्म २ लाख २९ हजार ४ सय २२ जना कोरोनाबाट संक्रमित भएका छन् भने २३ हजार ५ सय २१ जनाको मृत्यु भएको छ ।
त्यसैगरि इटालीमा अप्रिल २४ मा ३ हजार २१ जना नयाँ संक्रमित भेटिएकोमा त्यसपछि क्रमश घट्दै अप्रिल २५ मा २ हजार ३ सय ५७, अप्रिल २६ मा २ हजार ३ सय २४ र अप्रिल २७ मा १ हजार ७ सय ३९ जना नयाँ संक्रमित थपिएका थिए ।
इटालीमा १ लाख ९९ हजार ४ सय १४ जना संक्रमित भएका छन् भने मृतकको संख्या २६ हजार ९ सय ७७ पुगेको छ ।