अत्यन्त जरुरी भन्दै गृहले सबै जिल्लामा पत्र पठायो - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

अत्यन्त जरुरी भन्दै गृहले सबै जिल्लामा पत्र पठायो



काठमाडौं- गृह मन्त्रालयले देशका सब जिल्लामा अत्यन्त जरुरी पत्र काटेको छ । सोमबार मन्त्रालयले काटेको पत्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गरिएको छ ।

उक्त पत्रमा लकडाउनलाई कडाइएका साथ लागू गर्न सर्कूलर जारी गरिएको छ । साथै अनधिकृत रूपमा चल्ने सबै सवारी साधनलाई नियन्त्रणमा लिन र कारबाही गर्न भनिएको छ ।

गृहले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरीको मुख्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै लकडाउनमा पास नभएका सवारीसाधनलाई पूर्णरुपमा नियन्त्रण गर्न निर्देशन दिएको हो।

सवारीसाधन अनुमतिपत्र सम्बन्धी कार्यविधि २०७६ बमोजिम सवारी पास जारी गरी पास प्राप्त गरेका सवारी साधनलाई मात्र चल्न दिन गृहले निर्देशन दिएको छ ।