कुवेतमा शनिबारमात्रै ६ नेपाली कोरोना संक्रमित भेटिए - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

कुवेतमा शनिबारमात्रै ६ नेपाली कोरोना संक्रमित भेटिए



काठमाडौ‌ं‌ : कुवेतमा शनिबार थप ६ नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

योसँगै कुवेतमा संक्रमित नेपालीको संख्या ४१ पुगेको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको नतिजा सार्वजनिक गरेको हो।

पछिल्लो एक साता हरेक दिन नेपाली कामदारमा संक्रमण देखिँदै आएको छ। शनिबारमात्रै ६ नेपालीसहित २७८ जनामा संक्रमण देखिएको हो।

हालसम्म संक्रमितको संख्या २ हजार ८९२ जना पुगेको छ। जसमा सबैभन्दा बढी भारतीय कामदार संक्रमित रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।