कोरोना उत्पत्ति बारे स्वतन्त्र जाँच गर्न चीनले गर्‍यो अस्वीकार - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कोरोना उत्पत्ति बारे स्वतन्त्र जाँच गर्न चीनले गर्‍यो अस्वीकार



काठमाडौं- कोरोनाको महामारीसंगै फैलिएको कोरोना फैलाएको आरोप प्रत्यारोपबीच नयाँ घटना देखिएको छ ।

युरोप र अमेरिकाले गरेको कोरोनाभाइरस उत्पत्ति सम्बन्धि स्वतन्त्र जाँचको मागलाई चीनले अस्वीकार गरेको छ। यस्तो माग राजनीति प्रेरित रहेको चीनले जनाएको छ।

बेलायतमा रहेका उच्च तहका चिनियाँ कुटनितिज्ञले कोरोनाभाइरसविरुद्ध चीनको लडाइँ कमजोर पार्न यस्तो माग गरिएको बताएको बीबीसीले उल्लेख गरेको छ। उनले यो मागलाई राजनीति प्रेरित भन्दै खारेज गरिदिएका छन्।

अमेरिकाले यो भाइरसले चीनले फैलाएको आरोप लगाउँदै आएको छ। चीनलाई कोरोनाभाइरस सम्बन्धि सूचनासमेत लुकाएको आरोप लागेको छ। तर, चीनले भने आफ्नो देश आएका अमेरिकी सैनिकले भाइरस फैलाएको दाबी गरेको छ।

युरोपेली युनियनले पनि चीनले कोरोनाभाइरस सम्बन्धि सही सूचना दिन नचाएको आरोप लगाएको छ। केही दिनअघि प्रकाशित रिपोर्टमा यस्तो आरोप लगाइएको हो।

गत डिसेम्बेर अन्तिम साता चीनको वुहानस्थित पशुपक्षीको मासु बेच्ने पसलबाट भाइरस फैलिएको चीनले नै पुष्टि गरिसकेको छ। त्यसको केही समयपछि नै चीनले उक्त मासु पसल बन्द गराएको थियो।

चीनमा अहिले कोरोनाभाइरस संक्रमण नियन्त्रित अवस्थामा छ। तर, अमेरिका र युरोपका बेलायत, स्पेन, इटाली, फ्रान्स, टर्की, बेल्जियम लगायत देशमा भने नियन्त्रणमा आउन सकेको छैन।