झापाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

झापाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडौं- नेपालमा थप एक जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । झापाको दमकका एकजनामा संक्रमण देखिएको हो।

द्रुत परीक्षण प्रविधि (आरडीटी) मा एकै परिवारका चारजनामा एन्टीबडी देखिएपछि सबैको स्वाब संकलन गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो।

पीसीआर परीक्षणका क्रममा एकजनाको पोजेटिभ रिपोर्ट आएको बताइएको छ। परिवारका दुई सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ।

आज एकजना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ।