कुर्सीमा बस्ने नैतिकता गुमाएको भन्दै प्रधानमन्त्रीको राजिनामा माग - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कुर्सीमा बस्ने नैतिकता गुमाएको भन्दै प्रधानमन्त्रीको राजिनामा माग



काठमाडौं: प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।

नेता पौडेलले सांसद अपहरण गरेर ओलीले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिकता गुमाएको आरोप लगाउँदै अविलम्ब राजीनामाको माग गरेका हुन्।

उनले समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण शैलीमा काठमाडौं ल्याइएको घटनाको विरोध गर्दै यस्तो बताएका हुन्। यादवलाई प्रधानमन्त्रीकै निर्देशनमा अपहरण गरी काठमाडौ ल्याएको आरोप लगिरहेको छ।

उनले शनिवार ट्वीटरमा राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्को अध्यादेश बाध्य भएर फिर्ता गर्नुपरेकाले त्यसलाई बहादुरी ठान्नु नपर्ने तर्क पनि गरेका छन्।

उनले प्रधानमन्त्री लोकतन्त्रको हत्या गर्न उद्यत भएको आरोप समेत लगाएका छन्।

सोमबार जारी भएको उक्त अध्यादेश मन्त्रिपरिषद्को सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार खारेज गरेकी छिन्।