प्रधानमन्त्री ओली बचाउन योगेश भट्टराईले काँध थापे - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

प्रधानमन्त्री ओली बचाउन योगेश भट्टराईले काँध थापे



काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उनकै पार्टीबाट चर्को आलोचना भैरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भने उनको काँध थापेका छन् ।

एकपछि अर्को विवादमा फसेको भन्दै आफ्नै पार्टीमा चर्को आलोचना भैरहेका बेला भट्टराईले सामाजिक सञ्जालमार्फत ओलीलाई बँचाउने प्रयास गरेका छन् ।

केहिदिन अगाडी मात्र राजनीतिक दल फुटाउन सहज हुनेगरि र संवैधानिक परिषदमा विपक्षी दललाई नै निस्तेज गर्ने गरि अध्यादेश ल्याएपछि ओलीको आलोचना बढेको हो ।

ओलीकै हठमा ल्याईएको अध्यादेशको व्यापक विरोध र आलोचना भएपछि, पार्टीकै नेताहरुले साथ नदिएपछि प्रधानमन्त्री ओलीले बाध्य भएर यी दुवै अध्यादेश फिर्ता लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्वासपात्र भनिएका परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समेत यसको खरो विरोध गरेका थिए । पार्टी भित्र र बाहिर चौतर्फी विरोध भइरहेको बेला मन्त्री योगेश भट्टराईले भने ओलीको खुलेरै बचाउ गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा लेख्दै ओलीको बचाऊ गरेका हुन् । उनल ओलीको तारिफ गर्दै खारिएको र अनुभवी नेता भएको र उनको विशेष विशेषता नै लचकता भएको लेखेका छन् ।

प्रधानमन्त्री ओलीलाई बचाउन उनले लेखेको ट्वीटमा धेरैले भने भट्टराईलाई खेदो खनेका छन् ।