कैलालीमा पुरुष मृत फेला: दुई जना प्रहरीको नियन्त्रणमा

विशाल पाण्डेय/कैलाली ।
कैलालीमा एक बोर्डिङ स्कुलका प्रिन्सिपल बिहीबार राती मृत फेला परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका प्रिन्सिपल कृष्ण भुसाल मृत फेला परेपछि उनिसंगै रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहिबार साँझ एक जना साथीले बोलाएपछी उनी मसुरियाबाट ८ किलोमीटर पूर्वतर्फ रहेको घोडाघोडी नगरपालिका -१० पहलवानपुर बजारतर्फ पुगेको बुझिएको छ ।
पहलवानपुरको एक होटेलमा साथीसँगै मदिरा सेवन गरी साईकलमा घर फर्कदै गर्दा गएराती भुसाल मृत फेला परेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
प्रहरीले अनुसन्धानका लागि उनिसंगै मदिरा पिएका साथी र होटल संचालकलाई सोधपुछको लागी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरि शरण भट्टले जानकारी दिए ।
शरिरका धेरै ठाउँमा चोट पटक देखिएको हुँदा हत्या नै भएको हुनसक्ने आफन्तहरुले बताएका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

