प्रधानमन्त्रीले किने बोलाए एकाएक मन्त्रिपरिषद्को बैठक ? - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

प्रधानमन्त्रीले किने बोलाए एकाएक मन्त्रिपरिषद्को बैठक ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन्।

आज शुक्रबार ११ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको बताईएको छ । एजेण्डाबारे विस्तृत जानकारी नदिएको पनि बताइएको छ ।

गत सोमबारको मन्त्रिपरिषद्ले पारित गरेका दुई अध्यादेशकाे सत्तारुढ पार्टी नेकपा भित्रै र बाहिर समेत चर्को विरोध भई फिर्ता लिन दबाब परिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

बिहीबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शका लागी प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए।

बिहीबार नेकपाका ६ शीर्ष नेताहरु भेला भई प्रधानमन्त्रीलाई अध्यादेश फिर्ता लिन सुझाव दिएका थिए। फिर्ता नलिए साे विषय पार्टीकाे स्थायी समितिमा छलफलकाे मुद्दा बनाउने बताएका थिए।