भारतले बनायो सस्तो र छिटो कोरोना परीक्षण गर्ने किट
एजेन्सी । भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) ले कोरोना संक्रमण परीक्षणका लागि अहिलेसम्मकै सस्तो किट निर्माण गरेको छ ।
भारतीय अखबार हिन्दुस्तानमा प्रकाशित समाचार अुनसार भारतीय आयुर्विज्ञान अनुशन्धान परिषद (आईसिएमआर) को प्रयोगशालामा परीक्षण गरिएपछि किटले मान्यता पनि पाईसकेको छ ।
यो किटबाट गरिने परीक्षणको नतिजा सटिक हुने दावी पनि गरिएको छ । यो किटबाट परीक्षण गर्दा तीनसय रुपैयाँ मात्र खर्च लाग्ने हिन्दुस्तान पत्रिकाले आईआईटीका निर्देशक प्रोफेसर रामगोपाल रावलाई उद्धत गर्दै लेखेको छ ।
यो किटले अन्य कुनै ब्यसायिक किटभन्दा छिटो रिपोर्ट दिने दावी गरिएपनि रिपोर्ट प्राप्त हुने यकिन समय बारे केही बताईएको छैन ।
यो किटले भारतीय आयुर्विज्ञान अनुशन्धान परिषद (आईसीएमआर) बाट मान्यता पाएलगत्तै आईआईटीका निर्देशक प्रोफेसर रामगोपाल रावले किट निर्माण गर्ने वैज्ञानिकहरुलाई बधाई दिएका छन ।