सांसद अपहरण काण्ड: सरकारलाई भिम रावलको 'ब्याक फायर' - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

सांसद अपहरण काण्ड: सरकारलाई भिम रावलको ‘ब्याक फायर’



काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले तराईबाट सांसदलाई काठमाडौँमा ल्याएर होटलमा थुन्ने प्रवृत्ति अध्यादेश प्रकरणमा दोहोरिएको बताएका छन् ।

दल फुटाउन खुकुलो हुने अध्यादेश सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेलगत्तै समाजवादी पार्टीलाई विभाजन गर्नका लागि केही सांसदहरुलाई काठमाडौँको मेरियट होटलमा राखिएको थियो।

जनकपुरमा रहेका सांसद सुरेन्द्र यादवलाई त्यहाँबाट अपहरणको शैलीमा काठमाडौँ ल्याइएकाे थियाे। यो कार्य प्रधानमन्त्री केपी ओलीको आदेशमा भएको श्रोत बताउँछ।

सोही प्रकरणमा नेता भीम रावलले तराईबाट अपहरणको शैलीमा सांसद ल्याएर काठमाडौँको होटलमा थुन्ने प्रवृत्ति दोहोरिएको बताएका हुन्।

उनले यो गैरकानुनी कार्यमा संलग्नहरुलाई कानुन बमोजिम कारबाहीको माग गरेका छन्।

तर यसअघि कसले सांसदलाई त्यसरी काठमाडौँ ल्याएर थुनेको थियो भन्नेबारे उनी बोलेका छैनन् ।

सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर,अपहरण शैलीमा तराईबाट काठमाडौँ ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ’, नेता रावलले भनेका छन् ‘यसको छानबिन गरी गैरकानुनी कार्य गर्नेलाई कारबाही हुनुपर्छ।