अफ्रिकामा सैनिक परिचालन - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

अफ्रिकामा सैनिक परिचालन



काठमाडौं- दक्षिण अफ्रिकामा लकडाउन कार्यान्वय गर्नका लागि ७० हजार भन्दा बढी सैनिक परिचालन गरेको छ।

कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि दक्षिण अफ्रिकामा लकडाउन लागु गरिएको छ र त्यसको कार्यान्वयनका लागि थप ७० हजार भन्दा बढी सेना परिचालन गर्ने घोषणा राष्ट्रपति सिरिल रामाफोसाले गरेका हुन् ।

अहिलेसम्म दक्षिण अफ्रिकामा ३४ सय भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकाले विश्वमै सबैभन्दा कडा लकडाउन लागु गरेको हो । र पनि सुरक्षाकर्मीलाई लकडाउन लागु गर्न कठिन भइरहेको छ । मार्च २७ देखि अत्यावश्यक सेवा प्रदायक, पत्रकार, खुद्रा पसलका कामदारलाई मात्रै काममा जान स्वीकृति दिने गरिएको छ ।