मुकेश अम्बानीको दूरसञ्चार कम्पनीमा फेसबुकको ५.७ अर्ब डलर लगानी - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

मुकेश अम्बानीको दूरसञ्चार कम्पनीमा फेसबुकको ५.७ अर्ब डलर लगानी



काठमाडौं- फेसबुकले भारतीय दूरसञ्चार प्लेटफर्म जियो मा ५.७ अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ।

भारतीय बजारमा ब्रोडब्यान्ड,मोबाइल इकमर्श प्लेटफर्म सञ्चालन गरिरहेको जियो प्लेटफर्ममा फेसबुकले १० प्रतिशत सेयर लिने घोषणा गरेको हो।

भारतीय बजारमा लोकप्रिय रहेको म्यासेन्जिङ एप ह्वाट्सएप मार्फत् उपस्थितित जनाइसकेको फेसबुकले जियोमा लगानी गरेर बलियो उपस्थिति देखाउने संकेत गरेको छ।

चीनमा रहेको विच्याट स्टाइलमा भारतमा सेवा दिनेगरी यी दुई कम्पनीले साझेदारी भएको बताइएको छ। सञ्चारमाध्यममा आएका रिपोर्टहरुका अनुसार यी कम्पनीहरुबीचको सहकार्यबाट चीनको विच्याटजस्तै सुपर एप भारतमा आउने सम्भावना छ।

जियोको फोरजी सेवा भारतमा लोकप्रिय रहेको छ।