गुल्मीको चन्द्रकोटमा भिषण आगलागी: एकको मृत्यु, दुई गम्भीर
गुल्मी- गुल्मीको चन्द्रकोटमा भिषण आगलागी भएको छ । आगलागीमा एकको ज्यान गरेको बताइएको छ ।
केहिबेर अघि गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बसपार्कमा रहेको घरमा भीषण आगलागी भएको हो ।
चन्द्रकोट गाउँपालिका प्रमुखका अनुसार बसपार्कस्थित पूर्णबहादुर खनालको घरमा आगलागी हुँदा उनका १६ वर्षीय छोरा समीर खनालको ज्यान गएको हो । खनाल र उनकी श्रीमती रुपा आगलागीमा परेर घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि पाल्पा रिफर गरिएको गाउँपालिका अध्यक्षले जनाए । लकडाउनका कारण तीनै जना घरमा थिए । आगलागी सुरु हुनासाथ आमाबुवा बाहिर निस्कन सफल भएपछि समीर बाहिर नसक्दा उनको ज्यान गएको हो ।
खनाल परिवार बाग्लुङको बरेङ्ग गाउँपालिका ३ का वडाध्यक्ष समेत रहेको बताइएको छ । अहिले आगलागी नियन्त्रणमा आइसकेको छ ।