कोरोना जितेर फर्किदै कैलालीका २१ वर्षिय युवा - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

कोरोना जितेर फर्किदै कैलालीका २१ वर्षिय युवा



विशाल पाण्डेय/ कैलाली

कैलालीका कोरोना संक्रमित एक जना युवा आज अस्पतालबाट डिस्चार्ज भएर घर फर्किने भएका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक १६ दिन अस्पताल बसेपछि उनी कोरोनालाई जितेर घर फर्किने भएका हुन् ।

भारतको मुम्बई बाट गत चैत ११ गते घर फर्किएका उनलाई चैत २२ गते कोरोना पोजिटिभ देखिएको थियो । उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिने तयारी भईरहेको सेती अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले जानकारी दिए ।

उनी डिस्चार्ज भएपछि सेती अस्पतालमा अन्य चार जना संक्रमित रहनेछन् । अन्य चार जना कोरोना संक्रमितको अर्को रिपोर्ट पनि पोजेटिभ आएको थियो ।

धनगढी उप–महानगरपालिका-५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका- १ कि ६५ बर्षीय महिलाको कोरोना रिपोर्ट फेरी पोजेटिभ आएको थियो ।