पर्साका मुसलमानले गरे गाउँमा आक्रमण: १५ घाइते, ८ गम्भीर - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

पर्साका मुसलमानले गरे गाउँमा आक्रमण: १५ घाइते, ८ गम्भीर



पर्सा – मस्जिदमा लुकेका ‘जमाती’बारे सूचना दिदा स्थानीबासीमाथि नै हमला भएको छ । शनिबार बेलुकी भएको उक्त घटनामा १५ जना भन्दाबढी घाइते भएका छन् ।

घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ । उनीहरुको वीरगंजका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर – ९ विश्रामपुरको मौजेटोलस्थित मस्जिदमा लुकेका १२ जना जमातीमा कोरोना संक्रमण भएको भेटिएको थियो ।

‘जमाती’ले स्थानीयवासीमाथि हमला गरेपछि भएको झडपमा फैयाद देवान, फतिमा खातुन, मखमुल राय भाट, बडिया राय भाट, चन्दन गुप्ता कलवार, सुनिल गुप्ता कलवार, राधेश्याम गुप्ता र सुशीला देवी घाइते भएका छन्।

वडासदस्य फकरुद्धिन अहमद देवानको नेतृत्वमा मौजेटोलस्थित मस्जिदबाट शनिबार बेलुकी केही व्यक्तिले स्थानीयका घरमा ढुङ्गा, इँटा प्रहार गरेपछि त्यही विषयमा झडप भएको स्थानीयवासीको दावी छ ।

मस्जिदमा बाहिरका ‘जमाती’ ल्याएर राखिएको भन्दै स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि मस्जिदबाट र मस्जिद छेउछाउमा रहेका मुस्लिमहरूको त्यहाँका स्थानीयवासीमाथि हमला गरेको वडा अध्यक्ष रवि गुप्ताले बताएका छन् ।

प्रहरीले झडपमा संलग्न भएको आरोपमा स्थानीय नसुरलाह मियाँसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

पर्साकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले घटनाको बिषयमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिइन् । घटनापछि सामाजिक सद्भाव नै विथोलिने हो कि भन्ने चिन्ता बढेको वडा अध्यक्ष गुप्ताले बताएका छन् ।

अर्कातर्फ नमाज पढ्न हिन्दू समुदायका व्यक्तिले प्रहरीप्रशासनलाई सुराकी गरेर अवरोध खडा गरेको भन्दै मुसलमान समुदायका व्यक्तिहरु पनि रिसाएका थिए ।

दुई साताअघि पनि सामुहिक नमाज पढ्न खोज्नेलाई बहुअर्वाभाट्टाको प्रहरी टोलीले सामुहिक भीडभाड नगर्न चेतावनी दिदै मस्जिद नै खाली गराएको थियो ।